‘ओलीले संविधानमा नभएकै धारामा टेकेर संसद विघटन गरे’ : गजुरेल

151

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएकै धारामा टेकेर संसद विघटन गरेको बताएका छन् ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले ‘वर्तमान राजनीतिक संकटको कारण व्यवस्था कि शासक’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिपी गजुरेलले ओलीले संविधानमा नभएकै धारामा टेकेर संसद विघटन गरेको बताएका छन् । आफ्नै पार्टीका नेताहरुले अविश्वास प्रस्ताव पेश गर्ने भइसकेपछि प्रधानमन्त्री पद जोगाउन ओलीले जबरजस्तीको धारा बनाएर संसद विघटन गरेको बताए ।

नेता गजुरेलले पुस पाँच गतेभन्दा अगाडि यही संसदबाट कायापलट हुने बताउँदै आएका नेताहरु नै अहिले आन्दोलन अपरिहार्य भएको भन्दै सडकमा आएको बताए ।

नेता गजुरेलले व्यवस्थाको प्रतिगमनलाई अग्रगमनले मात्रै परास्त गर्न सक्ने बताए । यथास्थितिमा संसद पुनः स्थापन गरेर परिवर्तन नहुने भन्दै गजुरेलले अग्रगामी शान्तिपूर्ण निकासको लागि छलफल गर्न सबै तयार हुनुपर्ने बताए ।

नेपालको राजनीतिक बाह्य शक्तिको हातमा गइसकेको बताउँदै प्रधानमन्त्री ओलीले चुनाव गर्न नसक्ने दाबी गरे । “यही संसद् र सरकारबाट समाजवाद आउने भन्नेहरु अहिले सडकमा आएका छन् । अहिले भन्दैछन्, आन्दोलन विकल्प छैन, पाँच गतेभन्दा अगाडिसम्म यही संसद र सरकारबाट समाजवाद आउने भन्नेहरु अहिले सडकमा छन्, अब नयाँ ढंगले नसोँचे उनीहरुको आन्दोलन टुंगोमा पुग्दैन” गजुरेलले भने ।

Share This:
सम्बन्धित खबर
Loading...