संवैधानिक इजलास : निवेदक तर्फको बहस सकियो, भोलिदेखि सरकार पक्षले बहस गर्ने

प्रतिनिधिसभा विघटन प्रकरण

212

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिट निवेदकहरु तर्फबाटको बहस सकिएको छ । विघटनविरुद्ध परेका १३ वटा रिटहरुमाथि निवेदकको तर्फबाट आइतबार बहस सकिएको हो ।

गत पुस ५ गते सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिटहरु परेका थिए । ती सबै रिटहरु प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

संवैधानिक इजलास हरेक साताको २ दिनमात्रै बस्ने प्रचलन भएपनि यो मुद्दामाथि बहसका लागि दैनिक इजलास बस्दै आएको छ । अहिलेसम्म संसद विघटनविरुद्ध परेका १३ वटै रिटको निवेदकतर्फको बहस सकिएको अदालतले जनाएको छ ।

इजलासमा भोलिदेखि सरकार पक्षका अधिवक्ताहरुले बहस गर्नेछन् । सरकारको कदमको पक्षमा हुने बहस सकिएपछि इजलासले फैसला सुनाउने छ ।

Share This:
सम्बन्धित खबर
Loading...