बैंक अफ काठमाडौंका ग्राहकलाई खल्ती वालेटमा खाता लिंक गर्दा सिधैँ सय रुपैयाँ बोनस

202

काठमाडौं । बैंक अफ काठमाडौंका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधैँ बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिनेटभन्दा कम समयमा गर्नसकिने छ।

ग्राहकले बैंक अफ काठमाडौंको खातालाई एउटा मोबाइल नम्बरबाट पहिलो पटक लिंक गर्नासाथ तुरून्तै सय रूपैयाँ नगद खातामा प्राप्त गर्ने छन् । यसरी खातामा लिंक गर्दा एक पटक मात्र बोनस सुविधा पाइने छ। बैंक अफ काठमाडौं खाता लिंक गर्न ग्राहकले मोबाइल बैंकिङ्ग सुविधा भने लिएको हुनुपर्छ ।

बैंक अफ काठमाडौंमा रहेको खाता जोडेपछि खल्ती वालेटमार्फत बस्तु तथा सेवा खरिद गर्दा सिधैँ बैंक खाताबाट नगद भुक्तानी गर्न सकिन्छ । बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमा नगद लोड गर्ने झन्झट गरिरहनु पर्दैन ।

Share This:
सम्बन्धित खबर
Loading...