नेकपा अध्यक्षद्वय प्रचण्ड–नेपाल माइतीघर धर्नामा

153

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघर मण्डलामा जारी सांसदहरुको धर्नामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले साथ दिएका छन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका सांसदहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम राखेका छन् ।

मूलसडकमै जारी धर्नाका लागि अध्यक्षद्वय प्रचण्ड र नेपाल सहभागी भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि नेकपा विभाजित भएको छ। ओलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड–नेपाल समूहले देशव्यापी आन्दोलन र जनसभा गर्दै आएको छ ।

ओली पक्षले पनि प्रचण्ड–नेपाल समूहको जवाफी शैलीमा जनसभा र प्रदर्शन गर्दै आएका छन् । यद्यपि ओली पक्षले भने सडकमा उठेको भ्रम चिर्दै चुनावी वातावरण बनाउन सभा गर्दै आएको बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...