प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा हुन्छ, ढुक्क हुनुस् : मन्त्री अर्याल

335

स्याङ्जा । कृषि तथा पशुपंक्षी पन्त्री पद्‍मा कुमारी अर्यालले तोकिएकै समयमा निर्वाचन हुने बताएकी छन् । नेकपा स्याङ्जाको हरिनास गाँउ कमिटिले शनिबार आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

सरकारले तोकेको वैशाख १७ र २७ गतेको निर्वाचन कुनै तत्वले बिथोल्न नसक्ने भन्दै उनले पार्टीलाई एकताबद्ध बनाउँदै चुनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरिन् । कम्युनिष्ट पार्टी विचारबाट निर्देशित भएको पार्टी रहेतापनि पद, शक्तिकै लागि मात्र ओली नेतृत्वको सरकार चारैतिरबाट घेराबन्दीमा परेको बताइन् । जनताले विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपा पार्टी भित्रैकै ठूला नेताहरुले राष्ट्रपतिलाई महाअभियोग लगाउने सम्मको तयारी गरी हस्ताक्षर संकलन गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितीको सिर्जना भएको बताइन् ।

नेकपा केन्द्रीय सदस्यसमेत रहेकी नेता अर्यालले वर्तमान समयमा कसैले फरक प्रतिक्रिया दिँदै आइरहेतापनि अहिलेसम्म पार्टी नफुटेको बताइन् । उनले समुन्द्रबाट एक अम्खोरा पानी झिक्दैमा समुन्द्र नसकिने समेत बताइन् । मन्त्री अर्यालले भनिन्, ‘समुन्द्रबाट एक अम्खोरा पानि झिक्दैमा समुन्द्र रित्तिदैन । पदको लोभले केही नेताले बाहिर भेला गर्दैमा नेपाल कम्युनिष्ट पाटी सकिँदैन ।’

मन्त्री अर्यालले सत्तारुढ दल नेकपा विभाजनका सन्दर्भमा अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताइन् । मन्त्री अर्यालले सत्तारुढ नेकपा विभाजन भएर दुईवटा समूह बनेतापनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताइन् ।

त्यस अवसरमा हरिनास गाउँपालिका वडा नम्बर २ का वडासदस्य लालुमाया नेपाली लगायत १ सय ५६ जना नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...