पहिलाे टेष्टमा दक्षिण अफ्रिकामाथि पाकिस्तानको सहज जित

212

कराची । टेष्ट च्याम्पियनसीप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेष्टमा पाकिस्तान विजयी भएको छ । जितसँगै दुई खेलको टेष्ट सिरिजमा १-०को अग्रता लिएको छ ।

टेष्टको चौथो दिन दक्षिण अफ्रिकाले दिएको ८८ रनको लक्ष्य पाकिस्तानले ३ विकेटको क्षतिमा पुरा गर्दै ७ विकेटको जित हात पारेको हो । पाकिस्तानको जितमा अझर अलीले अविजित ३१ तथा बाबर आजमले ३० रनको योगदान दिए ।

पहिलो पारीमा १ सय ५८ रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा २ सय ४५ रन बनाएपछि पाकिस्तानलाई ८८ रनको लक्ष्य दिएको थियो ।

दक्षिण अफ्रिकाका एडिन मर्कामले ७४, भान डेर डसनले ६४, तेम्बा बवुमाले ४०, डिन एलगरले २९ रन बनाएका थिए ।

पाकिस्तानका नौमन अलीले ५, यासिर साहले ४ तथा हसन अलीले एक विकेट हात पारे ।

नेसनल स्टेडियम कराचीमा टस जितर पहिले ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले पहिलो पारीमा २ सय २० रन बनाएको थियो ।

फवाद आलमको शतकीय पारीको मद्धतमा पाकिस्तानले पहिलो पारीमा ३ सय ७८ रन बनाएको थियो । यस्तै, फहीम अस्रफले ६४, अझर अलीले ५१ थगा यासिर साहले ३८ रनको योगदान दिए ।

Share This:
सम्बन्धित खबर
Loading...