झापा । झापाको अर्जुनधारा नगरपालिका-५ लक्ष्मीपुरमा गजेन्द्र कटवालले सञ्चालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
बिहीबार राती साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सिसिटिभी फुटेज आधारमा अर्जुनधारा नगरपालिका-४ का ४१ वर्षीय बिक्रम दनुवारलाई राती नै पक्राउ गरेको हो ।
पक्राउ परेका दनुवारको साथबाट प्रहरीले पसलबार चोरी भएको भनिएको नगद एक लाख ४८ हजार ६ सय ६५ रुपैँया र भारतीय नोट १ हजार ५ सयसमेत बरामद गरेको छ ।
पक्राउ परेका दनुवारको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।