आयोगमा पत्र बुझाएर फर्किए प्रचण्ड–नेपाल समूहका नेता (पत्रसहित)

272

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगसँग माघ १८ पछि छलफल आयोजना गर्न आग्रह गरेको छ ।

अध्यक्षद्वय पार्टी कामको सिलसिलामा काठमाडौं बाहिर रहनुपरेको भन्दै माघ १८ गतेपछि छलफल सार्न आग्रह गरेको हो ।

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि भन्दै नेकपाको दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारेमा छलफल गर्न आज बोलाएको थियो ।

पार्टीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आयोगलाई लेखेको पत्रमा अध्यक्षद्धय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको र आयोगले गर्ने छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेकाले शुक्रबारको छलफलमा सहभागी हुन नसक्ने प्रचण्ड–नेपाल समूहले बताएको छ ।

आयोगमा पुगेर लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधानले १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न अनुरोध पत्र बुझाएर फर्किएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...