यी हुन् मन्त्रीपरिषद्का निर्णयहरु (सूचिसहित)

127

काठमाडौं । सरकारले नेपालमा अग्रगामी परिवर्तनका लागि सबै खाले आन्दोलन तथा सशस्त्र संर्घषमा सहभागी भएका सबै व्यक्तिहरुको लगत राख्नका लागि समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

उक्त संर्घषमा सहभागी भएका घाइते, अपाङ्ग, बेपत्तालगायत सबैको लगत राखेर सरकारले सम्मान गर्ने मन्त्री गुरुङले बताए । त्यसका लागि परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीको नेतृत्वमा खानेपानीमन्त्री मणिचन्द्र थापा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाम्फेसहित तीन सदस्यीय समिति बनाउने निर्णय भएको छ ।

आजको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ लाई खारेज गर्ने निर्णय गरेको छ । उक्त कार्यविधि खारेज गरिएको सञ्चारमन्त्री गुरुङले जानकारी गराएका छन् ।

कार्यविधिअनुसार वैज्ञानिक वन व्यवस्थापनको नाममा धेरै वनको दुरुपयोग भएको रिपोर्ट आएपछि त्यसलाई खारेज गरेको मन्त्री गुरुङले बताए । उनले यसको विषयमा थप तथ्याङ्कहरु वन मन्त्रालयमा भएको बताएका छन् ।

मन्त्रिपरिषद् निर्णय
Share This:
सम्बन्धित खबर
Loading...