कोरोना अपडेट : थप २८३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

313

काठमाडौं । पछिल्लो २४ घन्टामा २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ३ सय ८२ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा १ सय ६९ पुरुष र १ सय १४ महिला गरी २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका २ सय ८३ जनासहित कुल संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ । यीमध्ये ३ हजार २ सय ८६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

आज थपिएकाहरुमा प्रदेश एकमा ७, प्रदेश दुईमा ९, बागमती प्रदेशमा १ सय ८२, गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा ३० र सुदूरपश्चि प्रदेशमा १३ जना रहेको छन् ।

पछिल्लो २४ घन्टामा २ सय ४६ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६५ हजार ६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । थपिएका ३ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २० सय जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...