‘कोभिडविरुद्धको खोप ३ महिनामा सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउँछौँ’ : प्रधानमन्त्री ओली

347

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अबको ३ महिनामाभित्र सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् । देशव्यापी खोप अभियानको सुरुवात गर्दै ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आजदेखि अथियान सुरु भएको र अबको ३ महिनामा सबै नेपालीलाई कोरोनाविरुद्धको निःशुल्क खोप लगाउने बताएका छन् । खोप सबैभन्दा महत्वपूर्ण भएपनि खोप सँगसँगै अन्य स्वास्थ्य सुरक्षा मापदण्ड पनि पालना गरिरहनु पर्ने ओलीले बताए ।

खोप अभियानको सुरुवात गर्दै ओलीले कोभिडले विश्वव्यापी रुपमा हाम्रो सम्यतालाई विकास गरेको पनि बताए । नेपालसहित एसियाली मुलुकमा सीमित रहेको नमस्तेले अहिले विश्वमा आफ्नो स्थान बनाएको पनि उनले बताए ।

ओलीले अब विश्वभर ह्याण्डसेकलाई बाइबाई गरेर नमस्ते गर्ने अभियान सुरु भएको भन्दै कोरोना सुरक्षामा ध्यान दिनु सबैभन्दा बढी आवश्यक रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...