अन्तिम खेलमा पराजित हुँदै सन्दीप सम्मिलित होबार्ट लिग चरणबाटै बाहिरियो

187

मेलबर्न । दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी–२० अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । मंगलबार मेलबर्न रेनेगेड्ससँग ११ रनले पराजित भएसँगै प्रतियोगिताबाट समेत बाहिरिएको छ ।

रेनेगेड्ले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको होबार्टले १ सय ३९ रन मात्र बनाउन सक्यो । राम्रो सुरुवात गरेपनि ब्याट्सम्यानहरुको ब्याटबाट उल्लेखनीय रन बन्न नसक्दा पराजय बेहोर्न बाध्य भयो ।

पहिलो विकेटका लागि म्याथ्यू वेड र डिआर्ची सर्टले २६ रनको साझेदारी गर्दै पारीको सुरुवात गरेका थिए । डिआर्ची सर्टले २९ तथा वेडले १३ रन बनााए । यस्तै, डेविड मलानले ३४, पिटर ह्याण्ड्सकोम्बले १९, टिम डेविडले १४ तथा विल ज्याकले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले रन बनाउन सकेन ।

यसअघि, मेलबर्न क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रेनेगेड्सले निर्धारित २० ओभरमा १ सय ५० रन बनाएको थियो ।

सुरुवाती चर विकेट सस्तैमा गुमाएको रेनेगेड्सका पाँचौँ विकेटका लागि म्याकेन्जी हार्वे र बीउ वेबस्टरले ६४ रनको अर्धशतकीय साझेदारी गरेपछि १ सय ५० रनको सम्मानजनक योगफल बनाएको थियो ।

वेबस्टरले ५४ र हार्वेले ४० रन जोडे । यस्तै, साम हर्परले १९ तथा इमाद वासिम र शन मार्सले समान १२–१२ रन बनाए ।

होबार्टका रिले मेरीडिथले ३ तथा डिआर्ची सर्ट र स्कट बोलान्डले समान एक–एक विकेट हात पारे । रेनेगेड्सविरुद्ध बलिङ गरेका सन्दपि लामिछाने भने आजको खेलमा विकेटविहीन रहे । ४ ओभर बलिङ गरेका सन्दीप महँगो साबित भए । उनले ४ ओभरमा बिना विकेट ३५ रन दिए ।

अघिल्लो चरणमा प्रवेशका लागि जित्नै पर्ने दवावमा रहेको होबार्ट तालिकाको पुछारमा रहेको रेनेगेड्सँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ । १४औँ खेलबाट २८ अंक जोडको छ भने रेनेगेड्सले १६ अंक बनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...