काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नफुटेको भन्दै केपी ओली र प्रचण्ड–माधव पक्षको मागदाबी अस्वीकार गरेको छ । आयोगले आइतबार अबेर दुबैको मागदाबी नपुगेको निष्कर्षसहित नेकपा विभाजनले मान्यता नपाउने निर्णय गरेको हो ।
आयोगले दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएको ठहर पनि गरेको छ । ओली र प्रचण्ड–माधव दुबै समूहले केन्द्रदेखि प्रदेश प्रदाधिकारीमा दुबै पक्षले एक अर्कालाई कारबाही गरिरहेका छन् ।
प्रचण्ड–माधव समूहले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय समितिको बहुमत सदस्यहरुको उपस्थितिमा कारबाही गरी आइतबारदेखि साधारण सदस्यबाट पनि निष्काशित गर्ने निर्णय गरेको छ । उनको स्थानमामा माधव कुमार नेपाल अध्यक्ष बनेका छन् । उता ओली समूहले आफ्नो समूहका प्रवक्तको जिम्मेवारी नारायणकाजी श्रेष्ठको ठाउँमा प्रदीप नेपाललाई दिएको छ । आयोगको यो निर्णयले नेकपामा थप अन्यौल थपिएको छ ।
प्रधानमन्त्री ओलीले वैशाखमा मध्यावधी निर्वाचनको मिति तोकिसकेको अवस्थामा दल र चुनाव चिन्हको निचोड बिना चुनावमा कसरी भाग लिने भन्ने प्रश्न पनि खडा भएको छ । प्रचण्ड–माधव समूहले भने प्रतिनिधि सभाको विघटन र मध्यावधि निर्वाचनको विरुद्धमा सडक उत्रिएका छन् ।