बारका पूर्वअध्यक्षहरुको विज्ञप्ति : ‘प्रधानमन्त्रीले अदालतको अपहेलना गरे, कारबाही हुनुपर्छ’

248

काठमाडौं । नेपाल बार एसोसिएसनका चारजना पूर्वअध्यक्षहरुले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अपहेलनामा कारबाही हुनुपर्ने बताएका छन् ।

आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै बारका पूर्वअध्यक्षहरु वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, शम्भु थापा, प्रेम बहादुर खड्का र शेर बहादुर केसीले प्रधानमन्त्री ओलीको टिप्पणी कानुन व्यवसायमाथिकै प्रहार भएको बताएका छन् ।

ओली समूहले बबरमहलस्थित कार्की बैङ्क्वेटमा कार्यकर्ता भेला

बबरमहलस्थित कार्की बैङ्क्वेटमा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा एकजना बाजे वकिललाई लगेर तमासा देखाएको टिप्पणी गरेका थिए । ओलीको सोही टिप्पणीका विषयमा पूर्वअध्यक्षहरुले अपिल गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...