अलाभेसमाथि रियलको शानदार जित

122

एजेन्सी । स्पेनिस लिग लिगामा रियल मड्रिडले डिर्पोटिभो अलाभेसमाथि सहज जित हात पारेको छ । रियलको जितमा करिम बेञ्जेमाले २, क्यासिमिरो र इडेन हजार्डले एक एक गोल गरे भने पराजित अलाभेसका जोसेलुले सान्त्वना गोल फर्काए ।

अलाभेसको मैदानमा भएको खेलमा रियल सुरुवातदेखि नै बलमा पकड बनाएको थियो । रियलका नियमित कप्तान सर्जियो रामोस र म्यानेजर जिनेदिन जिदानबिना मैदानमा उत्रिएको रियललाई खेलको १५औँ मिनेटमा कासिमिरोले गोल गर्दै अग्रता दिए । उनले टोनी क्रुसको पासमा हेडमार्फत गोल गरेका थिए ।

यस्तै, ४१औँ मिनेटमा इडेन हजार्डको पासलाई सदुपयोग गर्दै करिम बेञ्जेमाले रियलको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको अतिरिक्त समयमा टोनी क्रुसको पासमा गोलगर्दै ३-० को अग्रता बनायो ।

दोस्रो हाफको ५९औँ मिनेटमा अलाभेसका जोसेलु लुकासले पेरेजको पासमा गोेल गर्दै गोल अन्तर घटाएको थियो ।

७०औँ मिनेटमा लुका मोड्रिच पासमा बेञ्जेमाले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियललाई ४-१ को सानदार जित दिलाए ।

जितसँगै रियल अंक तालिकाको शर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडसँगको दूरी ४ अंकमा छोट्याएको छ । दुई खेल कम खेलेको एट्लेटिकोका ४४ अंक रहेको छ भने रियलको ४० अंक भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...