वेष्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज बंगलादेशद्वारा एक खेल अगावै कब्जा

187

ढाका । वेष्ट इन्डिजविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा बंगलादेश विजयी भएको छ । शुक्रबार भएको खेलमा घरेलु टोली बंगलादेशले वेष्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा २–० ले कब्जा जमाएको हो ।

वेष्ट इन्डिजले दिएको १ सय ४९ रनको सामान्य लक्ष्य बंगलादेशले ३३.२ ओभरमा पुरा गर्दै ७ विकेटको फराकिलो जित हासिल गरेको हो ।

बंगलादेशको जितमा कप्तान तामिम इम्बालले ५०, साकिब अल हसनले नटआउट ४३, लिटोन दासले २२ तथा नाजमुल हुसैन सान्तोले १७ रनको योगदान दिए ।

यसअघि, ढाकास्थित शेर बंगला नेसनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेष्ट इन्डिजले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो ।

खराब सुरुवात गरेको वेष्ट इन्डिजका लागि रोभमन पावेलले सर्वाधिक ४१ रनको पारी खेले । यस्तै, केजोर्न ओट्टलीले २४, नक्रमा बोनरले २० तथा अल्जारी जोसेफले १७ रन बनाए ।

वेष्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका मेहिदी हसनले ४, मुस्ताफिजुर रहमान र साकिब अल हसनले समान २–२ विकेट लिए ।

जितसँगै बंगलादेशले तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ । पहिलो खेलमा बंगलादेश ६ विकेटले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...