‘हामीले केपी ओलीलाई तह लगाउन सकेनौँ’ : प्रचण्ड

116

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वर्षको अवधिमा केपी शर्मा ओलीलाई तह लगाउन नसकिएको बताएका छन् ।

आफू प्रधानमन्त्री बन्नका लागि ओलीले जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने चरित्रको भएको भन्दै प्रचण्डले ओलीलाई तह लगाउन नसक्नुमा आफूहरुको पनि दोष भएको स्वीकार गरेका छन् ।

‘सुरुदेखि नै सहमति कडाईका साथ कार्यान्वयन गर्न सकिएको भए अहिले यो स्थिति आउने थिएन कि ?’ समीक्षा गर्दै प्रचण्डले भने, ‘हाम्रो संघर्षले मात्र केपी ओलीलाई ठीक ठाउँमा राख्न सकिएन ।’

राजधानीमा आयोजित विरोध सभामा बोल्दै प्रचण्डले आफूहरु राष्ट्र र जनताप्रति सधै समर्पित भएको स्पष्ट पारे ।

Share This:
सम्बन्धित खबर
Loading...