सरकारविरुद्ध विशाल प्रदर्शन गर्दै प्रचण्ड–माधव समूह, यी केन्द्रीय नेताले गर्दैछन् जुलुसको नेतृत्व

304

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले भोली माघ ९ गते काठमाडौंमा गर्ने सरकारविरुद्ध विशाल विरोध जुलुसको तयारी पुरा गरेको जनाएको छ । उक्त समूहले आज पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो ।

काठमाडौं उपत्यकाको विभिन्न ९ ठाउँ माइतीघर, कुपण्डोल, त्रिपुरेश्वर, त्रिचन्द्र कलेज, वाल्मिकी कलेज, लैनचौर, डिल्लीबजार, प्रर्दशनी मार्ग, शान्तिबाटीकाबाट विरोध र्याली निकालेर रत्नपार्कमा जम्मा हुने तयारी गरेको छ ।

त्यसको लागि देशभरबाट नेता तथा कार्यकर्ताहरुको सहभागिता हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...