प्रधानमन्त्री कप : लुम्बिनीमाथि पुलिसको सहज जित, प्रतियाेगितामा धमलाकाे पहिलाे शतक

235
  • भाइरस

काठमाडौं । काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब विजयी भएको छ । बिहीबार सम्पन्न खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय १० रन बनाएको थियो ।

प्रारम्भिक ब्याट्सम्यान सुनिल धमलाको शतकीय पारीको मद्धतमा पुलिसले ३ सय १० रनको विशाल योगफल बनाएको थियो । १ सय ४५ बल खेल्दै धमलाले एक छक्का र ७ चौकाको सहयोगमा १ सय ४ रनको पारी खेले । लुम्बिनीविरुद्ध शतक प्रहार गरेका धमलाको शतकनै प्रतियोगितमा पहिलो शतक हो ।

यस्तै, दीपेन्द्र सिंह ऐरीले ८५, अमित श्रेष्ठले २८ रन बनाए । यसैगरी, आक्रामक पारी खेलेका पवन सराफले १३ बलमा नटआउट ५० रन जोडे । उनले पारीमा ६ छक्का र एक चौका प्रहार गरे । आरिफ शेखले अविजित २९ रनको योगदान दिए ।

३ सय ११ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले निर्धारित ५० ओभरमा २ सय ३६ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेको लुम्बिनीका ओपनरद्वय सुशान्त थापा ४ र सन्दीप सुनार शून्य रनमा पेभलिय फर्किए । तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका देव खनाल र सन्दीप रजाली ४९ र ४० रनमा आउट भए र

यस्तै, लुम्बिनीका सौरभ खनालले सर्वाधिक ७४ रनको पारी खेले । कृष्ण कार्कीले ४० तथा राजवीर सिंहले २४ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेन ।

पुलिसका राशिद खान र पवन सराफले समान दुई–दुई तथा ललित राजवंशी, सागर ढकाल तथा दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

समूह बी मा तीन खेलबाट ४ अंक जोडेको पुलिसले ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ भने एक खेल कम खेलेको बागमती शतप्रतिशत नजिजासहित रनरेटका आधारमा शीर्ष स्थानमा रहेको छ । लुम्बिनी तेस्रो, प्रदेश दुई चौथो र सुदूरपश्चिम पुछारमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...