दिल्ली क्यापिटल्सले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिलिज

146

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले २०२१ को अक्सन सुरु हुन अघि रिटेन(टिममा राख्ने) र रिलिज(फुकुवा) गर्ने खेलाडीको नाम सार्वजनिक गरेको छ ।

गत संस्करणको उपविजेता दिल्लीले नेपाली लेग स्पिनर सन्दीप लामिछानेसहित ६ जनालाई रिलिज गर्ने निर्णय गरेको छ ।

दिल्लीले ६ विदेशी खेलाडीसहित १९ जनालाई टोलीमा रिटेन गरेको छ । जसमध्ये विदेशी खेलाडीमा कागिसो रबडा, एनरिच नोर्ट्जे, मर्कूस स्टोइनिस, शिम्रोन हिटमेयर, क्रिस वैक्स र दानिएल साम्स रहेका छन् ।

यस्तै, भारतीय खेलाडीमा शिखर धवन, पृथ्वी शाँ, अजिङ्क्य रहाने, ऋषभ पन्त, अक्षर पटेल, अमित मिश्रा इशान शर्मा रहेका छन् । यसैगरी, रविचन्द्रन आश्विन, ललित यादव, हर्शल पटेल, अवेश खान र प्रविण दुवे छन् ।

सन् २०१८ को अक्सनबाट तीन वर्षका लागि दिल्लीले सन्दीपलाई टोलीमा आवद्ध गरेको थियो । सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा आवद्ध गरेको थियो ।

सन्दीपले २०१८ र २०१९ मा गरी ९ खेल खेल्दै १३ विकेट लिएका थिए । दुबइमा भएको २०२० को आइपिएलमा भने सन्दीप पुरै सिजन बेञ्चमा बस्न बाध्य भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...