राजसंस्था, हिन्दुराष्ट्र पुनः स्थापनाका पक्षधर सबै एक ठाउँ उभिन आग्रह

178

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँ उभिन आवश्यक भएको बताएका छन् ।

‘राष्ट्रियता र प्रजातन्त्रको पक्षमा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना अपरिहार्य देखिएको बेला, एकै लक्ष्य लिएका हामी सबै हातेमालो गर्न आवश्यक भएको छ,’ राप्रपा अध्यक्ष राणाले भने ।

‘राजसंस्था र हिन्दुराष्ट्रको माग देशभरि फैलिएको छ । यस अर्थमा आम जनता र युवा पुस्ताको अग्रसरता सह्रानीय छ,’ उनले ट्वीटमा भने ।

दलीय भूमिकाभन्दा माथि रहने, निष्पक्ष राष्ट्रप्रमुख आवश्यक रहेको अध्यक्ष राणाको भनाइ छ । प्रजातन्त्र जोगाउन पुरानो राजसंस्था चाहिएको भन्दै राजसंस्था पुनःस्थापनाको पक्षमा उनले वकालत गर्दै आएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...