ऐतिहासिक जितसँगै बोर्डर–गवास्कर सिरिजमा भारतद्वारा ह्याट्रिक

141

ब्रिसबेन । टेष्ट च्याम्पियनसीप अन्तर्गत भारतविरुद्धको चौथो तथा निर्णायक टेष्टमा भारत ३ विकेटले विजयी भएको छ । जितसँगै भारतले बोर्डर–गवास्कर सिरिजमा २–१ ले कब्जा जमाएको छ । पहिलो खेल गुमाएको भारतले उत्कृष्ट पुनरागमन जनाउँदै सिरिज जितेको हो ।

अष्ट्रेलियाले दिएको ३ सय २८ रनको लक्ष्य भारतले पाँचौँ दिनको तेस्रो सेसनको अन्त्यतिर ७ विकेटको क्षतिमा पुरा गर्दै ३ विकेटको जित हात पारेको हो ।

बिना विकेटको क्षतिमा ४ रनको स्थितिबाट पाँचौँ दिनको सुरुवात गरेको भारतको जितमा शुभमन गिलले ९१, ऋषभ पन्तले नटआउट ८९, चेतेश्वर पुजराले ५६, अजिङ्क्य रहानेले २४ तथा वासिङ्गटन सुन्दरले २२ रनको योगदान दिए ।

अष्ट्रेलियाका प्याट कमिन्सले ४, नाथान लियोनले २ र जोस हेजलवूडले १ विकेट लिए ।

अष्ट्रेलियाले खेलको चौथो दिन चिया सत्रपछि २ सय ९४ रनमा अलआउट हुँदै भारतलाई ३ सय २८ रनको विशाल लक्ष्य दिएको हो ।

पहिलो इनिङ्समा ३३ रनको झिनो अग्रता लिएको अष्ट्रेलिया गब्बामा ३२ खेलमा तेस्रो पटक दुवै इनिङ्समा अलआउट भएको हो ।

अष्ट्रेलियाका लागि पूर्वकप्तान स्टेभन स्मिथले सर्वाधिक ५५ रनको योगदान दिए । यस्तै, डेविड वार्नरले ४८, मर्कूृृस ह्यारिसले ३८, क्यामरोन ग्रिनले ३७, प्याट कमिन्सले नटआउट २८, कप्तान टिम पेनले २७ तथा मर्नुस लबुसचेनले २५ रनको पारी खेले ।

भारतका मोहम्मद सिराजले ५, शार्दुल ठाकुरले ४ तथा वासिङ्गटन सुन्दरले एक विकेट लिए ।

अष्ट्रेलियाले पहिलो पारीमा मुर्नस लबुसचेनको शतकीय पारीको मद्धतमा ३ सय ६९ रन बनाएको थियो ।

भारतले पहिलो इनिङ्समा ३ सय ३६ रन बनाउन सकेको थियो ।

३३ वर्षदेखि ब्रिसबेनमा नहारेको अष्ट्रेलियालाई ३ विकेटले पराजित गर्दै भारतले इतिहास रचेको छ । जितसँगै भारतले बोर्डर–गवास्कर सिरिजमा ह्याट्रिक पुरा गरेको छ । योभन्दा अघि २०१८–१९ को टेष्ट सिरिजमा भारतले २–१ ले हराएको थियो भने २०१६–१७ को घरेलु मैदानमा भारतले २–१ ले नै सिरिजमा कब्जा जमाएको थियो ।

दुई टोलीबीचको पहिलो र दोस्रो खेलमा अष्ट्रेलिया र भारत समान ८–८ विकेटले विजयी भएको थियो भने तेस्रो खेल ड्र भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...