प्रचण्डकाे आरोप : ‘जबजकाे सिद्धान्त त्याग्ने पहिलो नेता ओली नै हो’

168

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारीको जबजकाे सिद्धान्त त्याग्ने पहिलो नेता केपी ओली भएको आरोप लगाएका छन् । उनले अखिल नेपाल महिला संघ(अनेम)को कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले सबैकुरा त्याग्ने सहमतिमा हस्ताक्षर गरेर जबज त्यागेर अगाडि बढिसकेपछि अहिले एउटा फाउण्डेसनको नाममा त्यही कुरा गर्दै हिँडेको बताए । ओलीले त्यो बेला गरेको हस्ताक्षर र सहमति सबै किर्ते भएको अहिलेको उसको गतिविधिले प्रष्ट पारेको उनले बताए ।

ओलीले पार्टी एकताको बेला भएको सहमतिलाई इमान्दारसँग पालना गरेको भए केही समस्या नभएको उनले बताए । ओलीले विधि र पद्धतिलाई मानेको भए अहिलेको यो समस्या नआउने बताए । आफूले केही आत्मा समिक्षा र पार्टी फुट्ला भन्ने डरले आफूले ओलीले भनेको सबैकुरा मान्दै जानु आफूले गल्ती गरेको बताए ।

पार्टी एकता गर्दा आफूहरुले एउटा विचार, विधि, पद्धति, कार्यदिशा बनाएर अगाडि बढेको बताए । उनले अहिले नेकपा भित्र भएको विवाद व्यक्तिगत नभएको बताए । उनले अहिलको असहमति र अन्तसङ्घर्ष विचार र विधिमा भएको बताए । राजनीतिक प्रतिवेदन पार्टी एकताको आधार भएको उनले बताए । उनले अहिले कोही र गलत भन्ने कसी पार्टी नभएको र त्यस दिशा तिर जान पनि नहुने उनले बताए ।

अहिले आफूहरुको सङ्घर्ष भनेको त्यही प्रतिवेदनअनुसार पार्टी चल्न पर्ने बताए । त्यसको विरोध गरेर ओलीले पार्टी फुटाएको पनि आरोप लगाए । ओलीले विधि र पद्धतिलाई ठाडै अस्वीकार गर्ने प्रवृति भएकोले यस्तो समस्या भएको बताए ।

अहिलेको अवस्थामा प्रचण्ड ठीक कि ओली ठीक भनेर छुट्याउनको लागि पार्टी एकता हुँदा तयार भएको राजनीतिक प्रतिवेदन र पार्टीको विधान पढ्न सबैलाई आग्रह गरे ।

अहिलेको परिस्थिति सामान्य छैन । यो परिस्थिति गम्भीर रहेको छ । अहिलेको माधव र आफू बीचमा प्रष्ट रहेको बताए । उनले ओलीसँग जस्तो जालझेल खालको नभएको बताए । आफूहरुको ४० वर्षदेखिको सहकार्य भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...