तुम्लिङटारमा एक महिने योगा शिविर सम्पन्न

160

खाँदबारी । सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना रत्नअम्बिका माध्यमिक विद्यालयमा सञ्चालित एक महिने योगाभ्यास शिविर सोमबार सम्पन्न भएको छ ।

देवीप्रसाद चापागाईँको सभापतित्वमा भएको समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी नवराज मल्ल प्रमुख अतिथि रहेका थिए ।

विद्यालयमा शिक्षक, विद्यार्थी हुँदै विद्यार्थीबाट अविभावकसम्म पनि पुर्याउने उद्देश्यले १ महिने योग अभ्यास शिविर सञ्चालन गरिएको हो ।

योग व्यवस्थापन समितिको आयोजना तथा पतञ्जली युवा समितिको प्राविधिक सहयोगमा सञ्चालित शिविरलाई मुख्य प्रशिक्षक गंगा बहादुर खत्रीले प्रशिक्षण दिएका थिए ।

पहिलो चरणमा २५ जना शिक्षकहरुलाई प्रशिक्षण गराइएको र आगामी दिनमा शिक्षकहरुबाट नै विद्यार्थीहरुलाई योग साधना गराइने लक्ष्य रहेको प्रधानाध्यापक कुबेरप्रसाद भेटुवालले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...