छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र ट्याबलेटसहित ५ जना पक्राउ

132

विराटनगर । झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याबलेटसहित ५ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ पौने ६ बजे दमक नगरपालिका–१ का ३२ वर्षीय देवेन्द्र राईलाई २ ग्राम लागुऔषध ब्राउनसुगरसहित दमक नगरपालिका–१ बाट पक्राउ गरेको हो ।

यसैगरी झापाको गौरादह नगरपालिका–१ मा लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आइतबार राती पौने ८ बजे गौरादह नगरपालिका–३ का २७ वर्षीय लक्ष्मण दास र १९ वर्षीय राम शाहलाई २३ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यस्तै, मोरङको रतुवामाई नगरपालिका–२ डोरीयाबाट लागुऔषध ट्याबलेटसहित २ जना पक्राउ परेका छन् । सीमा प्रहरी चौकी डोरीया मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका–९ का २४ वर्षीय दिपेश घिमिरे र २४ वर्षीय सञ्जिव भट्टराई लाई २ सय ट्याबलेट लागुऔषध ट्याबलेटसहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेकाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...