उपत्यकामा १६३ सहित थप ३२२ जनामा कोरोना संक्रमण : ६ को मृत्यु

119

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ३ सय ६ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा १ सय ९८ पुरुष र १ सय २४ महिला गरी ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका ३ सय २२ जनासहित कूल संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ । यीमध्ये ३ हजार ८ सय ६१ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौं उपत्यकामा मात्रै १ सय ६३ जना संक्रमित भेटिएका छन् । थपिएकाहरुमा काठमाडौंका१ सय ४१, ललितपुरका १५ र भक्तपुरका ७ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा ३ सय ७४ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६१ हजार ८ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.८ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । थपिएका ६ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६५ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...