पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सामान्यतया सफा

189

काठमाडौं । हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासको क्षेत्रमा उत्पन्न भएको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

हाल प्रदेश एक र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार दिउँसो देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

त्यसैगरी सोमबार राती देशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने छ।

प्रदेश नम्बर १ का पहाडी भू-भागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Share This:
सम्बन्धित खबर
Loading...