प्रधानमन्त्री कप : आर्मीको लगातार दोस्रो जित, कर्णाली ८० रनले पराजित

193
  • भाइरस

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार मुलपानीस्थित मुलपानी क्रिकेट ग्राउण्डमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको आर्मीले ४३.१ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो । आर्मीका अनिल मण्डलले ८९, विनोद भण्डारीले ४१, राजेश पुलामीले १६ तथा लोकेश बमले १३ रनको योगदान दिए ।

कर्णालीका दिनेश अधिकारी, दिवन पुन र राज शाहले समान २२ विकेट लिए ।

१ सय ९६ रनको मध्यम लक्ष्य पछ्याएको कर्णालीले ३३.३ ओभरमा १ सय १५ रन मात्र बनाउन सक्यो । कर्णालीका रविन्द्र शाहीले ३०, हेमन्त ओलीले १६ तथा दिनेश अधिकारीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेन ।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सुशान्त भारीले ४, शाहाब अलामले ३ तथा रोहित पौडेलले २ विकेट हात पारे ।

प्रतियोगितमा सात प्रदेश तथा तीन विभागीय टोलीसहित १० टोली सहभागी रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब गण्डकी प्रदेश, प्रदेश नम्बर एक र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नम्बर दुई र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...