प्रधानमन्त्री कप : बागमतीको विजयी सुरुवात, पुलिस ७ विकेटले पराजित

154

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा बागमतीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।

पुलिस क्लबले दिएका १ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको बागमतीले ३४.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । बागमतीको जितमा पृथु बास्कोटा र इशान पाण्डेले अविजित ४८ र १७ रनको योगदान दिए ।

यस्तै, पारस खड्काले १७, आदिल खानले १२ रन बनाए भने  १९ रन अतिरिक्त पाएको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राट्रिय क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले २९.३ ओभरमा अलआउट हुनअघि १ सय ११ रन बनाएको थियो ।

पुलिसका आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २१-२१ तथा सुनिल धमला र कुशल भुर्तेलले १७-१७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीका तिलक भण्डारी र नन्दन यादवले समान ४-४ तथा रामनरेश गिरीले २ विकेट लिए ।

प्रतियोगितमा सात प्रदेश तथा तीन विभागीय टोलीसहित १० टोली सहभागी रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब गण्डकी प्रदेश, प्रदेश नम्बर एक र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नम्बर दुई र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद ९राखेप०को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ ९क्यान० ले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...