पछिल्लो २४ घन्टामा थप २७० जनामा संक्रमण : ३९० कोरोनामुक्त, ५ को मृत्यु

138

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार ८४ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा १ सय ८० पुरुष र ९० महिला गरी २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका २ सय ७० जनासहित कूल संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ । यीमध्ये ४ हजार ३ सय १ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टामा ३ सय ९० जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६० हजार ५ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । थपिएका ५ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४८ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...