प्रहरी जवान चढेको मोटरसाइकल दुर्घटना, जवानको मृत्यु

182

कैलाली । धनगढी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ ।

धनगढीको मनहेरामा खाल्डोमा बिहीबार बिहान मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको छ ।

मनहेरा क्षेत्रस्थित हुलाकी सडकमा निर्माणाधीन कल्भर्टमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे बुझ्दै जाँदा चौधरी घर फर्किने क्रममा दुर्घटनामा परेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए । चौधरी सवार मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी जवान चौधरी कैलालीकै गौरीगंगा नगरपालिका १० का स्थानीय बासिन्दा रहेको थाहा भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...