बालुवाटारमा प्रधानमन्त्रीले यसरी गरे योगाभ्यास (तस्बिरहरु)

221

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले योग गरेर राष्ट्रिय योग दिवस मनाएका छन् । दिवसको अवसरमा बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा योगाभ्यास कार्यक्रम आयोजना गरिएको थियो ।


राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित मनाइएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए ।


दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो । कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...