सडन डेथमा सोसिडाडलाई पराजित गर्दै बार्सिलोना सुपर कपको फाइनलमा

156

एजेन्सी । बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा रियल सोसिडाडमाथि ३-२ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो ।

निर्धारित समय तथा अनितिरक्त समयमा एक-एक गोलमा सकिएपछि निर्णय सडन डेथबाट लिएको थियो । बार्सिलोनाका लागि रिक्वी पेगले निर्णायक गोल गरेका थिए । बार्सिलोनाका एन्टोइन ग्रिजमन र फ्रेक डी जोङले गोल गर्न असफल भएका थिए ।

बार्सिलोनाका गोलरक्षक मार्क टर स्टेगेनले सोसिडाडका दुई बचाउँदा एक खेलाडीले पोष्ट बाहिर प्रहार गरेका थिए ।

खेलको ३९औँ मिनेटमा डी जोङले गोल गर्दै अग्रता बनाएपनि दोस्रो हाफको सुरुमै सोसिडाडले पेनाल्टीमार्फत गोल गर्दै बराबरीमा पुर्याएका थिए ।

सुपर कपमा साविक विजेता रियल मड्रिडले फाइनल प्रवेशका लागि आज एथ्लेटिको विल्वाओसँग खेल्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...