माघे सङ्क्रान्तिले सामाजिक र सांस्कृतिक एकतालाई सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

126

काठमाडौँ । आज माघ १ गते, माघे सङ्क्रान्ति(मकर)। माघे सङ्क्रान्तिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन् ।

माघे सङ्क्रान्तिले आपसी एकता र सद्भाव अभिवृद्धि गर्न मद्दत मिल्ने राष्ट्रपति भण्डारीको अपेक्षा लिएकी छन् । नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवं माघीले मुलुकको एकता अभिवृद्धिमा मद्धत पुग्ने विश्वास व्यक्त गरेकी हुन् ।

उनले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

माघे सङ्क्रान्ति चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक र सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...