प्रधानमन्त्रीको कदमविरुद्ध अनेरास्ववियूको कार्टुन प्रदर्शन

342

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले प्रधानमन्त्रीको संसद विघटनको कदमका विरुद्ध सडकमा ब्यङ्ग्यात्मक कार्टुन प्रदर्शन गरेको छ । आन्दोलनरत अनेरास्ववियूको दोस्रो चरणको कार्यक्रम अन्तर्गत राजधानीको कमलादीस्थित डवलीमा सो प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनमा प्रधानमन्त्रीको असंवैधानिक कदमलाई ब्यङ्ग्य गर्दै विभिन्न संचारमाध्यमहरुमा विभिन्न मितिमा प्रकाशित गरिएका कार्टुनहरुलाई संकलन गरी प्रदर्शन गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए ।

कार्टुन प्रदर्शन कार्यक्रममा ‘प्रतिगमन भारी छ, हाम्रो आन्दोलन जारी छ’, ‘संविधानमाथि को रैछन्, केपि ओली पो रैछन्’ जस्ता नारा लगाइएको थियो ।

कार्यक्रममा प्रतिगमन नसच्चिदासम्म आन्दोलन जारी रहने भन्दै चाँडै तेस्रो चरणको कार्यक्रम सार्वजनिक गरिने अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...