केपी ओलीमा राजनीतिक संस्कार छैन, नाङ्गो महाराज हुन् : माधव नेपाल

142

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक संस्कारनै नभएको बताएका छन् । आफ्नो समूहको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई कम्युनिष्ट संस्कारभन्दा ‘बा’ संस्कार प्यारो भएको भन्दै उनमा राजनीतिक संस्कारनै नभएको टिप्पणी गरे । ओलीमा अहंकार र समन्ती संस्कार रहेको भन्दै ओली नाङ्गो महाराज भएको बताए ।

नेपालले ओलीलाई अहिले उनका समर्थकहरुले महाराजको लुगा कति राम्रो भनिरहे पनि उनी नाङ्गिइसकेको बताएका छन् । ओलीको राजनीतिक भविष्य नरहेको भन्दै आफूहरु ओलीको पछि लागेर यहाँसम्म नआइपुगेको नेपालले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...