पछिल्लो २४ घन्टामा थप ४४५ जनामा काेराेना संक्रमण : ५ को मृत्यु

129

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार १ सय ५४ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा २ सय ६१ पुरुष र १ सय ८४ महिला गरी ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका ४ सय ४५ जनासहित कूल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ । यीमध्ये ४ हजार ४ सय ३४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टामा ४ सय १४ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ५९ हजार ७ सय ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.६ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । थपिएका ५ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३७ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...