प्रदेश एकमा थप १५ जनामा संक्रमण : ८० जनाले जिते कोरोना

175

विराटनगर । प्रदेश नम्बर एकमा कोरोना संक्रमितको संख्या ३० हजार नाघेकाे छ । २ सय ७५ जनाको पिसिआर परीक्षण नतिजामा ४ महिला र ११ पुरुष गरी १५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका १५ जनासँगै संक्रमितको संख्या ३० हजार ११ पुगेको हो ।

मन्त्रालयका अनुसार मंगलबार मोरङमा र झापामा ४/४, सुनसरीमा ३, इलाममा २, धनकुटा र तेह्रथुममा १/१ जना रहेका छन् ।

मोरङको विराटनगरमा २, बेलबारी र रतुवामाईमा १–१, झापाको दमक, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १/१, सुनसरीको इटहरीमा २ र धरानमा १, इलामको इलाम नगरपालिकामा २, धनकुटाको धनकुटा नगरपालिका र तेह्रथुमको फेदाप १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा प्रदेश १ बाट ८० जना डिस्चार्ज भएका छन् । निको भएकाहरुमा होमआइसोलेसनबाट ७८, कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र र बिराट मेडिकल कलेजबाट १/१ जना रहेका हुन् । हालसम्म निको हुनेका संख्या २९ हजार ३ सय २७ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...