‘नेकपा’ र ‘सूर्य’ चिन्ह आफ्नो नभए आँधीवेहरी आउने प्रचण्डको चेतावनी

244

पाेखरा। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिन्ह आफूहरुको हुने ठोकुवा गरेका छन् । प्रचण्ड-माधव समूहले पोखरामा गरेको गण्डकी प्रदेशको भेलामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले नेकपाका बहुमत केन्द्रीय सदस्यहरु आफूसँग रहेको भन्दै कानूनअनुसार नै पार्टीको आधिकारिकता र चुनाव चिन्ह आफूहरुले पाउने दावी गरे । उनले निर्वाचन आयोगले आफूहरुलाई आधिकारिक मान्ने बताए ।

प्रचण्डले पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफूहरुले नपाएको खण्डमा आँधीवेहरी ल्याउने पनि चेतावनी दिए । उनले चिन्ह र नाम आफूहरुले नपाउने अवस्था आए आँधीवेहरी आउने पनि चेतावनी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...