स्पोर्टस अवार्ड : महिला भलिबल टोली ‘टिम अफ द इयर २०७६’ घोषित

143

काठमाडौं । राष्ट्रिय महिला भलिबल टोली ‘टिम अफ द इयर २०७६’ घोषित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा महिला टिम अफ द इयर घोषित गरिएको हो ।

गत वर्ष दुई ठूला सफलता हात पारेको महिला टोलीलाई टिम अफ द इयरको बलियो हकदार बनायो । महिला भलिबल टोलीका कप्तान अरुणा शाहीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले अवार्ड हस्तान्तरण गरे ।

नेपाली टोलीले गत वर्ष कात्तिकमा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन च्याम्पियनसीपमा स्वर्ण पदक जितेको थियो । नेपाली महिला टोलीले फाइनलमा माल्दिभ्सलाई हराउँदै पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेको थियो ।

यस्तै, काठमाडौंमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेको थियो । फाइनलमा भारतसँग ३–२ सेटमा पराजित हुँदै रजत पदक जितेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...