कक्षा ११ र १२ मा अब नयाँ पाठ्यक्रम

270

काठमाडौं । कक्षा ११ र १२ मा अब नयाँ पाठ्यक्रम लागु हुने भएको छ । यसअघि सर्वोच्च अदालतमा कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागु नगर्न भन्दै दायर भएको रिट अदालतले खारेज गरेको हो ।

सरकारले २०७६ सालको फागुनमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयमाथि सर्वोच्चमा रिट परेको थियो । रिटमाथि प्रारम्भिक सुनुवाइ गरेर नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै सर्वोच्चले पटक–पटक सुनुवाइ सार्दै आएको थियो ।

नयाँ पाठ्यक्रमविरुद्ध भागवत अर्यालसमेतले गएको असोज २८ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । अब भने सर्वोच्चले रिटनै खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागु हुने भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...