मेलबर्न स्टार्सलाई पाँच विकेटले पराजित गर्दै एडिलेड तेस्रो स्थानमा उक्लियो (भिडियाेसहित)

168

एडिलेड । अष्ट्रेलियामा जारी दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी-२० मा एडिलेड स्ट्राइकर्स विजयी भएको छ । सोमबार भएको खेलमा एडिलेडले मेलबर्न स्टार्सलाई ५ विकेटले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ ।

मेलबर्न स्टार्सले दिएके १ सय ५० रनको लक्ष्य एडिलेडले १९औँ ओभरमा पाँच विकेटको क्षतिमा पुरा गर्दै ५ विकेटको सहज जित हासिल गर्यो । एडिलेडको जितमा जोनाथन वेल्सले ३६, फिलिप साल्टले ३१, र्यान गिब्सले २२, एलेक्स क्यारीले २१ तथा ज्याक वेदराल्डले १९ रनको योगदान दिए ।

यसअघि एडिलेड ओवलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।

एडिलेडका निक म्याडिन्सनले नटआउट ४८, मर्कूस स्टोइनिसले ४७, निक लार्किनले १८ तथा आन्द्रे फ्लेचरले १२ रन जोडे ।

एडिलेडका वेस अगर, राशिद खान र दानिएल वोरालले समान २-२ विकेट लिए ।

जितसँगै एडिलेड अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एडिलेडले १० खेलबाट २० जोडेको छ । शीर्ष स्थानमा रहेको सिड्नी सिक्सर्सको २५ तथा दोस्रो स्थानमा रहेको थन्डर्सका् २३ अंक रहेको छ । होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, ब्रिसबेन हिट, स्टार्स र रेनेगेड्स क्रमशः चौथो, पाँचौँ, छैठौँ, सातौँ र आठौँ स्थानमा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...