नेकपा विवाद : मुख्यमन्त्री राईसहित आठ जना तीन महिनाका लागि निलम्बन

271

विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलगायत आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले उनीहरूलाई प्रदेशसभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको हो ।

प्रचण्ड-नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित निलम्बन पत्रमा दलको कुनै पनि बैठकमा उपस्थित नभइ पार्टी र सरकारको हित विपरीत गतिविधिमा संलग्न रहेकाले प्रदेशसभाको कुनैपनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको विधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ ।

यसरी निलम्बनमा पर्नेमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम बहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक वुद्धि कुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्की रहेका छन् ।

उनीहरुलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता गराएको सचिव गोपालप्रसाद पराजुलीले बताए । यसअघि मुख्यमन्त्री राईले पनि प्रचण्ड-नेपाल पक्षका १६ जनालाई तीन महिनाका लागि निलम्बन गरेका थए । दुवै समूहले एक–अर्कालाई कारबाही गरी निलम्बन नै गरिसकेको अवस्थामा छ ।

Share This:
सम्बन्धित खबर
Loading...