भारत र अष्ट्रेलियाबीचको तेस्रो टेष्ट बराबरीमा सकियो

167

सिड्नी । टेष्ट च्याम्पियनसीप अन्तर्गत भारत र अष्ट्रेलियाबीचको तेस्रो टेष्ट ड्र भएको छ । बराबरीमा रोकिएसँगै दुई टोलीबीच विजेताको टुंगो ब्रिसबेनमा हुने अम्तिम खेलबाट लाग्ने भएको छ ।

अष्ट्रेलियाले दिएको ४ सय ७ रनको विशाल लक्ष्य पछ्याएको भारतले पाँच विकेटको क्षतिमा ३ सय ३४ रन बनाउँदा पाँचौँ दिनको खेल सकिएको थियो । दोस्रो इनिङ्समा भारतका ऋषभ पन्त, चेतेश्व पुजरा र रोहित शर्माले अर्धशतकीय पारी खेले । पन्त ३ रनले शतक प्रहार गर्नबाट चुके । उनले १ सय १८ बलमा ३ छक्का र १२ चौकाको मद्धतमा ९७ रन जोडे ।

यसैगरी, पुजराले ७७, शर्माले ५२, शुभमल गिलले ३१ रन बनाउँदा रविचन्द्रन आश्विन र हनुमा विहारीले नटआउट ३९ तथा २३ रनको योगदान दिए ।

यसअघि, अष्ट्रेलियाले दोस्रो पारीमा ६ विकेटको क्षतिमा ३ सय १२ रनको स्थितिमा पारी समाप्तीको घोषणा गर्दै भारतलाई ४ सय ७ रनको विजयी लक्ष्य दिएको थियो ।

अष्ट्रेलियाका क्यारोन ग्रिनले ८४, स्टेभन स्मिथले ८१, मर्नुस लबुसचेनले ७३ तथा कप्तान टिम पेनले २९ रन बनाएका थिए ।

भारतका रविन्द्र जडेजाले ४, जसप्रीत बुम्राह र नवदीप सैनीले समान २–२ विकेट लिए ।

पहिलो पारीमा अष्ट्रेलियाले पूर्वकप्तान स्मिथको १ सय ३१ रनको शतकीय पारीको मद्धतमा ३ सय ३८ रन बनाएको थियो भने भारतले २ सय ४४ रन मात्र बनाउन सक्यो ।

खेलमा शतकसहित २ सय १२ रन बनाएका स्मिथ म्यान अफ द म्याच भए ।

यसअघि भएको दुई खेलमा भारत र अष्ट्रेलिया एक–एक खेलमा विजयी भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...