छुट्टाछुट्टै स्थानबाट ब्राउसुगरसहित ४ जना पक्राउ

146

मोरङ । मोरङका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउसुगरसहित ४ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१० बाट २ जना तथा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका साढे ६ बजे ४ ग्राम ४ सय ९० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित हनुमाननगर कंकालिनी नगरपालिका-६ का २२ वर्षीय धर्मेन्द्र रजक र भारतिय नागरिक २२ वर्षीय मोहम्मद अफरोजलाई पक्राउ गरेको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले आइतवार बेलुका साढे ७ बजे रतुवामाई नगरपालिका-१० का २७ वर्षीय धजिन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका(३ की २० वर्षीया कविता लिम्बूलाई १४ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...