काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार २ सय ८६ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा १ सय ६० पुरुष र ९९ महिला गरी २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयकाअनुसार थपिएका २ सय ५९ जनासहित कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ । यीमध्ये ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।
पछिल्लो २४ घन्टामा ५ सय १३ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ५८ हजार ४ सय ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.६ प्रतिशत रहेको छ ।
यस्तै, कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । थपिएका ५ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १७ जना पुगेको छ ।