गजल

442
घर बलियो हुनलाई, अब्बल घरमुली हुन्छ ।
नभए किन झिपिक्–झिपिक् बिजुली हुन्छ ?

 

गाडी लड्दैन अचेल, बगाउँदैन पहिलेसरि,
भ्रष्टहरुलाई बगाउने, कहाँ त्रिशूली हुन्छ ?

 

भोकमरीमात्र सुरु होस् तब न पत्ता लाग्छ,
कसको घरमा मार्सी कता मन्सुली हुन्छ ?

 

स्वच्छ ठाउँमा सगरमाथा बढेको सुनेर होला,
सहरमा प्रदूषणको उचाइ हिउँचुली हुन्छ ।

 

रोशनदीप
खाँदबारी, सङ्खुवासभा ।
Share This:
सम्बन्धित खबर
Loading...