प्रधानमन्त्री ओली एक महिना भित्रमा बालकोट पुग्छन् : अनेरास्ववियू सहसंयोजक तामाङ

231

खाँदबारी । असंवैधानिक कदम चालेको प्रधानमन्त्री केपी शर्मा ओली एक महिना भित्र बालुवाटार छाडेर बालकोट पुग्ने अनेरास्ववियू केन्द्रीय सहसंयोजक रञ्जित तामाङले बताएका छन् ।

शनिबार अनेरास्ववियू सङ्खुवासभाले सदमुकाम खाँदबारीमा गरेको कार्यक्रममा सो कुरा बताएका हुन् । प्रतिगमनका मतियार ओलीले सत्तामा टिक्न चालेको असंवैधानिकविरुद्ध अनेरास्ववियू चुपचाप नबस्ने सहसंयोजक तामाङले बताए । ओलीले चालेको असंवैधानिक कदमकाविरुद्ध अब कडा सडक संघर्ष गर्ने र एक महिनाभित्र बालुवाटारको मन्त्री निवास छाडेर मच्छड मारिरहेका हुन्छन् सहसंयोजक तामाङले बताए ।

अहिले युवापुस्ता संमृद्धिको गीत गाउदा र सुशासनको कुरा गर्दै हिँड्नु पर्ने समयमा आफैँले बनाएको सरकारको विरोध गर्दै हिँड्नु परेको प्रति दुःख व्यक्त गरे । उनले भने आफू मतदाता भएको क्षेत्रबाट गलत व्यक्ति ओलीलाई छानेर ठूलो गल्ती गरेको बताए । धेरै ठूलो त्याग, सर्मपण र बलिदानबाट बनेको संविधानले बामे सार्दै गरेको अवस्थामा ओलीले खड्गो हानेको आरोप लगाए । त्यही कारण संविधान र व्यवस्था छट्पटाएको बेलामा व्यवस्था प्रतिगमनतर्फ फर्कने खतरा बढेको बताए । संसद पुर्नस्थापना भए प्रधानमन्त्री ओलीले राजसंस्था फर्काउन सक्ने बताए । ओलीले साइबर सेना बनाएको भन्दै सेना संसद पुर्नस्थापना सँगै सकिएर जाने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्र्चाज राजेन्द्र कार्की, अनेरास्ववियूकी नेत्री आरती लामा, नेकपा जिल्ला अध्यक्ष हेमराज घिमिरे, प्रदेश कमिटी सदस्यलगायतका जिल्ला स्तरका नेता तथा कार्यकताको उपस्थित रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...