बिबिएल २०२० : थन्डर्सलाई १९ रनले पराजित गर्दै पर्थ पाँचौँ स्थानमा उक्लियो

147

पर्थ । अष्ट्रेलियामा जारी दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी-२० अन्तर्गत पर्थ स्कोर्चर्स विजयी भएको छ । शनिबार भएको खेलमा पर्थले सिड्नी थन्डर्सलाई १७ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली पर्थले निर्धारित २० ओभरमा १ सय ८६ रन बनाएको थियो । पर्थका लागि कोलिन मुनरोले ५०, एस्टोन टर्नरले ३१, जोस इग्लिस र झाइ रिचर्डसनले समान २०/२० तथा आरोन हार्डीले १९ रनको योगदान दिए ।

१ सय ८७ रनको लक्ष्य पछ्याएको पाहुना टोली थन्डर्सले सबै विकेट गुमाउँदै १ सय ६८ रन मात्र बनाउन सक्यो । थन्डर्सका साम बिलिङ्सले ८३, बेन कटिङले ३१ तथा उस्मान खवाजाले २६ रनको पारी खेले पनि जित दिलाउन सकेनन् ।

पर्थका झाइ रिचर्डसनले ४, जेसन बेहरेन्डोफ र एन्ड्रयु ताइले समान २-२ विकेट लिए ।

जितसँगै १६ अंकसाथ पर्थ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने पराजित थन्डर्स शीर्ष स्थानमा यथावत रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...