नेकपा अध्यक्ष प्रचण्ड स्वादेश फर्किए

193

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वादेश फर्किएका छन् । पत्नी सीता दाहालको उपचारका लागि यही पुस २० गते भारतको दिल्ली हुँदै मुम्बइ पुगेका अध्यक्ष प्रचण्ड शनिबार स्वादेश फर्किएको उनका सचिवालयले जनाएको छ ।

प्रचण्डको स्वागतका लागि नेकपा प्रचण्ड नेपाल समूहका नेता वर्षमान पुन, जोख बहादुर महरालगायतका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

उनले पत्नी सीताको उपचारका लागि छोरी गंगा र रेणु दाहाललाई छाडेर स्वादेश फर्किएको उनका सचिवालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...